दृष्टिकोण; ‘कुण्ड कुण्ड पानी, मुण्ड मुण्ड विचार’
द्रष्टाअनुसार दृष्टिकोण फरक हुने गर्दछ । हामीले बुझेका विषयलाई हामी बाहेककाले कसरी बुझिरहेका छन् त ? यहि प्रश्नको जवाफ खोज्ने ध्येय हो- स्तम्भ ‘दृष्टिकोण’ ।
काव्यालयले आफ्नो शनिबारीय प्रस्तुति ‘SATURDAY कलम’ अन्तर्गत ‘दृष्टिकोण’ स्तम्भमार्फत एक विषयमा विभिन्न व्यक्तिहरूका मौलिक भोगाई, अनुभव र विचारलाई पस्कने छ ।
यस साताको ‘दृष्टिकोण’का लागि विषय रहेको छः
बलात्कार
– सुमित्रा न्यौपाने (लेखक)
आत्म अनुशासनको कमी, बेरोजगार ,संस्कृतिको विचलन, कडा कानुनको अभाव र भएको कानुनको प्रभावकारी कार्यान्वयन नहुनु, चेतनाको कमी तथा पितृसत्तात्मक समाजममा महिलालाई यौन क्रिडाको साधनको रुपमा मात्र लिनु जस्ता तमाम कुराहरूले बलात्कारी मानसिकतालाई मलजल गर्छ ।
पढेका पुरुष/महिला दुवैमा छोरा मात्रको चाहना तिब्र छ । घरमा बाबुले सधै आमामाथि हैकम चलाएको देखेका सन्तानहरूले आमालाई कमजोर पात्रको रुपमा मुल्यांकन गर्छ र सबै महिलालाई कमजोर नै ठान्छ । असल र सुरक्षित समाज बनाउन कडा कानुन चाहिन्छ, साथै चाहिन्छ- आभिभावकबाट व्यवाहारिक नैतिक शिक्षा ।
हरेक मानिस आत्म मन्थन, नियन्त्रण र शुद्धिकरण गर्न सक्ने हुनुपर्छ । स्वचेतना र स्वविवेक मात्रले बलात्कारमा कमी आउँछ ।
– राजवल्लभ कोइराला (अभिनेता एवं कवि)
‘बलात्कार’ एक शब्दमा भन्ने हो भने ‘नराम्रो’ हो ! अलि शब्द खर्चिने हो भने यसका विभिन्न कडीहरू छन् ! सामाजिक रुपमा, सांस्कृतिक रुपमा, आर्थिक रुपमा, धार्मिक रुपमा, शैक्षिक रुपमा आत्म निर्णय र स्वविवेक पनि सँगसँगै आउँछ !
यौन जीवात्मा प्राणी मात्रको प्राकृतिक प्रवृत्ति हो । यौन उमेरको एउटा काउकुती हो । उमेरका हिसाबले हेर्दा यहाँ मनोरञ्जन छ । सन्तुष्टिका कुराहरू पनि छन् । तर अर्कोतर्फ हेर्ने हो भने जीवनलाई बिथोल्ने चीज पनि यौन नै हो भनिन्छ ।
तपाईं आफ्नो नागरिकता हेर्नुहोस्, कस्तो छ ? आफ्नो लाइसेन्स हेर्नुहोस्, कस्तो छ ? समाज हेर्नुहोस्, कस्तो छ ? अध्यापन गराउने संस्थाहरू हेर्नुहोस्, कस्तो छ ? अध्यापकहरूको चेतना हेर्नुहोस् । कहाँ को बोलेको छ यसबारे ? या बोल्न मुखसम्म पनि खोलेको छ ? मान्छेहरू बोल्छन् त् केवल यौनका अश्लीलता बारे । समाज यस्तो छ ।
यौनजन्य गाली गर्न औधी रुचाउने यस समाजले यौन सम्भाव्य चीज हो भनेर बुझाउने प्रयत्न कहिल्यै गरेन । कुनै माध्यमबाट कसैले यसबारे केही नबताइरहेको खण्डमा यौनका बारे मानिस उत्सुक किन नहूनु ? यौनका प्यासी किन नबनून् ? त्यस्ता घटनाहरू किन नघटून् ? देशमा दिनहुँ दसौंको संख्यामा बलात्कार, महिला हिंसा भएका खबर जुन रूपले बाहिरिएका छन् या बाहिरने गर्दछन् ती यौन जिज्ञासा मेटाउने क्रममा भएका गतिविधि हुन्, दुर्घटनाहरू हुन् ।
हामीले चाहँदा नचाहँदै पनि हाम्रो शरीर परिवर्तन हुन्छ । केटीहरूको रजस्वला हुन्छ । केटाहरूको ‘वेट ड्रिम्स’ हुन्छ । त्यतिबेला ‘याँ यो हो, यस्तो हो’ भनेर बुझाइएन भने दुर्घटना बढ्छ । यौनकुण्ठाले सम्पूर्ण शरीर मात्रै होइन मस्तिष्क समेत गलाउँछ । पिसाब च्याप्नुभयो भने त तपाईंको शरीर गलेर तपाई हलचल गर्न नसक्ने हुनुहुन्छ । यो त सेक्स हो । बायोलोजिकल निड हो नि यार.. ।
एउटा बालिका जब रजस्वला हुन्छे तब उसले स्वतः प्राकृतिक रूपमा यौनबारे बुझ्न पाउनुपर्छ । रजश्वला भएपश्चात नै ऊ आमा हुन पाउँछे । सृष्टि शुरु हुन्छ । यो प्राकृतिक कुरा हो । तर यसबारे आमा–छोरीबीच या बाबु–छोराबीच कुरासम्म हुन नसक्नु निकै दर्दनाक स्थिति सृजना भइरहेको छ। यहाँ (नेपालमा) त्यस्तो केही बताइँदैन । बरु रजस्वला हुनेबित्तिकै गोठमा लुकाइन्छ । यौनलाई हाउगुजी बनाइएको कारण नै यौनजन्य हिंसाहरूले नेपाली समाजलाई गिजोलिरहेको छ ।
यौनिक विश्वासघात (लोग्ने–स्वास्नीबीच), अनिच्छित गर्भपतन, अप्रत्याशित गर्भपतन, मनोगत यौन समस्या, घरेलु हिँसा, डिभोर्स, बलात्कार र अन्य आपराधिक क्रियाकलापहरू बढ्नुमा यौन मनोभाव सहजै नजिकका मानिसहरूसँग व्यक्त गर्ने स्थितिको सिर्जना नहुनु प्रमुख कारण हो। यस्ता हर्कतहररूले मानिसलाई यौन कुण्ठित बनाइरहेको छ । समाजलाई विकृत बनाइरहेको छ । यी कुण्ठा सेलाउने क्रममा कोही आर्यघाटमा सेलाउँछन्, कसैले आर्यघाटसम्म पुर्याउँछन् ।
हामीले चाहँदा नचाहँदै पनि हाम्रो शरीर परिवर्तन हुन्छ । केटीहरूको रजस्वला हुन्छ । केटाहरूको ‘वेट ड्रिम्स’ हुन्छ । त्यतिबेला ‘याँ यो हो, यस्तो हो’ भनेर बुझाइएन भने दुर्घटना बढ्छ । यौनकुण्ठाले सम्पूर्ण शरीर मात्रै होइन मस्तिष्क समेत गलाउँछ । पिसाब च्याप्नुभयो भने त तपाईंको शरीर गलेर तपाई हलचल गर्न नसक्ने हुनुहुन्छ । यो त सेक्स हो । बायोलोजिकल निड हो नि यार.. ।
बढ्दो शहरीकरण, सहरी भागदौड, करियर बिल्ट, ढिलो विवाह, वैदेशिक रोजगार, व्यस्त जीवनजस्ता कारणहरूले पछिल्लो नेपाली पुस्ता यौनसुखबाट विमुख भइरहेको हुनसक्छ । अर्कोतर्फ, बच्चा बेलामा आफन्तजनबाट मोलेस्ट हुनु र त्यसले पछी आएर बदला लिने भावनाको विकास गर्नु पनि यौनहिंसाको अर्को कारण हुनसक्छ । प्रशासनिक दुर्व्यहार ( निजि समय बिताइरहेका जोडीलाई होटलबाट रंगेहात पक्रिनु) र सरकारको प्रस्तुति(कानुनत: व्यवहारिक या वैचारिक रुपमा) अर्को कारण हुनसक्छ ।
स्तनधारी जनावर एवम् योनी जीवात्माहरूको प्रमुख क्रिया यौन हो । अस्तित्वको रक्षा र प्रजातिको निरन्तरताको लागि गरिने प्राकृतिक क्रिया यौन हो । यौन सामान्य विषय हो तर यसलाई हामीले ठूलो बनायौँ । गोप्य बनायौँ । जुन जरुरत थिएन । नेपाली समाजले हालसम्म पनि यौनलाई अतिरंजनाको विषय बनाइरहेको छ । कि त एकदम हलुका रूपमा लिइयो कि एकदमै भारी चिज बनाइयो । कुण्ठित भावनाको हालीमुहालीकै कारण नेपाली समाजमा यौन पराइ विषय बनेको छ ।
बिहे गर्ने उमेर हुँदासम्म सेक्स एज अ सब्जेक्ट, सेक्स एज अ एजुकेसन, सेक्सस एज अ इन्ट्रेस्ट एण्ड सेक्स एज अ नलेज भनेर हामी बोल्न सक्देनौँ । अनि बलात्कार बढ्यो भन्छौँ । हिंसा भयो भन्छौँ । आजसम्म पनि हामी यति औँ दिसा मुक्त क्षेत्र भनेर घोषणा गरिरहेका छौँ । हामी अहिलेसम्म दिसाबाट मुक्त हुन सकिरहेका छैनौँ । यौन कुण्ठाबाट मुक्त कहिले हुने ?’
आज पनि यौन, विवाह र प्रजनन क्रमिक रूपमा हुनुपर्दछ भन्छौँ हामी । बिहे गर्ने उमेर हुँदासम्म सेक्स एज अ सब्जेक्ट, सेक्स एज अ एजुकेसन, सेक्सस एज अ इन्ट्रेस्ट एण्ड सेक्स एज अ नलेज भनेर हामी बोल्न सक्देनौँ । अनि बलात्कार बढ्यो भन्छौँ । हिँसा भयो भन्छौँ । आजसम्म पनि हामी यति औँ दिसा मुक्त क्षेत्र भनेर घोषणा गरिरहेका छौँ । हामी अहिलेसम्म दिसाबाट मुक्त हुन सकिरहेका छैनौँ । यौन कुण्ठा मुक्त कहिले हुने ?’
आमाबुबा र छोराछोरीबीच सन्तुलित मनोविज्ञानको जग बसाएको खण्डमा यौन भविष्यमा कलंकित विषय बन्न पाउनेछैन । अभिभावकहरूले आफ्ना छोराछोरीहरूको जैविक एवं मानसिक परिवर्तनको साक्षी हुनुपर्छ । अभिभावकहरूसँग चेत छ भने, उनीहरुले यौन जिज्ञासा र तर्कानाहरूलाई बुझेका छन् भने आफ्ना छोराछोरीलाई त्यसै अनुरूपको शिक्षादिक्षा दिने गर्नुपर्छ । अर्कोतर्फ, तपाईं यदि केही देख्नुहुन्छ भने केही बोल्नुहोस् । बातचित शुरु गर्यौं । यो नै समस्याको हल हो ।
– नानी थापा (अधिवक्ता)
यसलाई जैविक, मनोवैज्ञानिक, सामाजिक र कानुनी लगायत बहुआयामिक दृष्टिकोणबाट विश्लेषण गरिनुपर्छ। जैविक अन्तर्गत हार्मोन, न्युरोट्रान्समिटर र जिन आदिको रासायनिक असन्तुलन । मनोवैज्ञानिक दृष्टिकोण भित्र व्यक्तिको चिन्तन, बौद्धिकता, सिकाइ बुझाइ, मेमोरी, पर्सेप्सन, व्यवहार, व्यक्तित्व आदि पक्षहरुको सूक्ष्म अध्ययन पर्दछ ।
त्यस्तै सामाजिज आयामहरु निकै बृहत् हुन्छ्न; व्यक्तिको वर्ण, जाती, लिङ्ग, धर्म, भौगोलिक अवस्थिति, परिवारिक र सामुदायिक वातावरण, सामाजिक-अर्थ अवस्था, राजनैतिक अस्थिरता, सुशाशन, न्याय र प्रशासन सेवा, सम्पादन तथा वितरण, विकासका पुर्वाधारहरुसँगको पहुँच र प्रयोग आदि धेरै पक्षहरुको भुमिका रहन्छ।
कानुनी व्यवस्थाहरूभित्र उजुरी, प्रशासन र न्यायमा पहुँच, अनुसन्धान र अभियोजन प्रक्रियाको निस्पक्षता र विश्वसनियता, शक्तिको दुराभ्यासको सम्भावना, स्वच्छ सुनुवाइ, कसुर तथा सजाय निर्धारण र फैसला कार्यन्वयन, पद, प्रतिष्ठा र पहुँचवालाहरूको वर्गिय र अर्थ- राजनैतिक चलखेललगायत अन्य सबै खाले प्रभाव एवम् दबाबका कारण अपराधीहरूले पाइरहेका उन्मुक्तिहरूदेखि कानुन कार्यान्वयनमा देखिएको फितलोपन र कमजोरीहरू समेतको कारण पनि बलात्कार तथा यौनजन्य घटनाहरू बढिरहेका छन।
अहिलेको सन्दर्भमा जैविक, शारीरिक, मानसिक, सामाजिक र कानुनी बुहुआयामिक दृष्टिकोणबाट यसलाई विश्लेषण गर्नुपर्ने हुन्छ ।
– छवि अनित्य (कवि/शिक्षक)
बलात्कार पुरुष मानसिकता मात्रै होइन । अधिकतम बलात्कारका घटनामा पुरुषबाट महिला पीडित भइराखेको देखिँदा यसलाई पुरुष मानसिकता पनि भनिएको छ । तर यो आपराधिक मानसिकता हो । अझ बढी त यसलाई मानसिक विचलनको अवस्थाको रुपमा पनि हेर्न सकिन्छ ।
विचलनको अवस्था सिर्जना गर्ने कारक तत्वहरु धेरै हुन्छन् । यसलाई ठ्याक्कै यहाँ यौन मनोविज्ञानको दार्शनिकताका हिसाबले नहेरौँ । सरसर्ती हाम्रो समाजका पछिल्ला घटनालाई हेर्दा दण्डहीनता सबैभन्दा ठूलो कारक हो । पछिल्लो घटनालाई नै हेर्ने हो भने पनि एकपटक बलात्कारको घटना घटाइसकेको अपराधीलाई समाजले सजिलै उन्मुक्ति दिएकाले एउटी बालिका बलात्कारको सिकार मात्रै भइनन्, ज्यानै समेत गुमाउनुपर्यो ।
आज नेपाली समाजमा दैनिक कम्तिमा आधा दर्जनभन्दा बढी बलात्कारका घटना भइरहेको तथ्यांकले देखाउँछ । यस्तोमा ‘नेपालमा बलात्कारजन्य घटनाको अवस्था चिन्ताजनक छैन’ भन्ने अभिव्यक्ति गृहमन्त्रीको कुर्सीमा बसेका जिम्मेवारहरूबाटै आइराख्नु हाम्रो समाजलाई थप असुरक्षित बनाउने कारक हो ।
‘थाहा दर्शन’का प्रणेता रुपचन्द्र विष्टको भनाइलाई मान्ने हो भने ‘जो जति जिम्मेवारीमा छ, समाज सप्रे- बिग्रेकामा त्यो त्यति नै दोषी हुन्छ ।’ यस हिसाबले समाजलाई सहi वा गलत बनाउने जिम्मेवारी राज्य सञ्चालनको बागडोर सम्हालेकाहरूकै हातमा जान्छ । आज नेपाली समाजमा दैनिक कम्तिमा आधा दर्जनभन्दा बढी बलात्कारका घटना भइरहेको तथ्यांकले देखाउँछ । यस्तोमा ‘नेपालमा बलात्कारजन्य घटनाको अवस्था चिन्ताजनक छैन’ भन्ने अभिव्यक्ति गृहमन्त्रीको कुर्सीमा बसेका जिम्मेवारहरूबाटै आइराख्नु हाम्रो समाजलाई थप असुरक्षित बनाउने कारक हो ।
हो, समाज सहि दिशामा छैन । समाजका मान्छेहरूमा मानसिक विचलन छ । बलात्कारजस्ता घटनालाई हामी संख्यामा गनेर चिन्ताजनक भए नभएको निष्कर्ष सुनाइरहेका छौँ । यस्तोमा सुरक्षित र सुन्दर समाजको सपना देख्नु ठूलो भूल हुन्छ । यदि समाजलाई यो अवस्थाबाट माथि उठाउने हो भने सबैभन्दा पहिले राज्य संयन्त्र सुध्रनु जरुरी छ । ऐन कानूनका कुराहरू व्यवहारमा उतारिनु जरुरी छ । जघन्य अपराध भनिएका घटनामा वर्षौं-वर्षसम्म पनि अनुसन्धानै मात्रै भइरहनु तर उपलब्धी शून्य हुने अवस्थाबाट माथि आउनु जरुरी छ ।
बलात्कारका घटनाको असर कस्तो हुन्छ, चोट पर्नेलाई मात्रै थाहा हुन्छ । आपराधिक मानसिकताले ग्रस्त भएर होस्, बदलाको भावनाले होस्, क्षणिक यौन आवेगमा आएर होस् वा पद र पैसाको दम्भले गरिएको होस्, अपराध अपराध नै हो । अपराधीलाई आस्था, विचार, पद वा पैसाको बलले ढाकछोप गर्ने अवस्था रहिरहेसम्म यो सामाजिक दुरावस्था यस्तै रहिरहन्छ ।
– बाबुराम ढकाल (सामाजिक परिचालक)
कुनै पनि निर्दोष प्राणिमाथि दानविय चेतनाले भरिपूर्ण भइ कामवासना पूर्तिको मनसायले अर्को प्राणीले गर्ने सशक्त आक्रमण नै बलात्कार हो ।
बलात्कृत हुनु भनेको शारीरिक पीडा सहनु र कुनै दुर्घटनाबाट गुज्रनु मात्र हैन बरु जीवनभर विक्षिप्त र विचलित आत्मा लिएर बाँच्नु हो । संसारको सर्वश्रेष्ठ प्राणी भनिएको मानव समुदायमा नै बलात्कारको नित्कृष्ट नमुना देखिनु अति नै दुखद र डरलाग्दो पक्ष हो।
बलात्कृत हुनु भनेको शारीरिक पीडा सहनु र कुनै दुर्घटनाबाट गुज्रनु मात्र हैन बरु जीवनभर विक्षिप्त र विचलित आत्मा लिएर बाँच्नु हो । संसारको सर्वश्रेष्ठ प्राणी भनिएको मानव समुदायमा नै बलात्कारको नित्कृष्ट नमुना देखिनु अति नै दुखद र डरलाग्दो पक्ष हो।
यो समस्याको उपचारात्मक मात्र नभई निदानात्मक समाधान खोज्नु आजको अनिवार्य आवश्यकता बनेको छ । यस विषयमा शिक्षा, सञ्चांर लगायतका माध्यमबाट सतचेतना फैलाउनु, कठोर कानूनको निर्माण र कार्यान्वयन गर्नु यसको उपचारात्मक उपाय हो भने यौनसँग सम्बन्धित वर्तमान चेतनाको विनिर्माण गरी “यौन सन्तान उत्पतिको प्रक्रियाबाहेक केही पनि होइन” भन्ने चेतनाको विकास गर्नु यसको निदानात्मक उपाय हो।