१.
हदै नरम
बने, चल्छ पखाला
सुकिन्छ स्वाट्टै !२.
दश्तारे बाजा
ताली, दु:खमा हैन
खुसीमा बज्छ !३.
बाढी आउँछ
बिगार गर्दै खोला
खेत पो छैन !

pawel kusczynski satirical art
४.
भमरा बनी
तिमी कुहेको चुस्ने,
फूल छाडेर !५.
पहेँलो कोला
खाएछ बाँदरले
लडेछ मान्छे !६.
सम्झना आयो
बादलको वर्षा झैं
भिजेन भूमि !

Art by Pawel Kusczynski
७.
गुलाफ फूल
जीवनमा फूलाऊ
होइन काँडा !८.
प्रेमको नाउ
चलाउनु कोशीमा
डुबी नहाल्नु !९.
खोज्या खोज्यै छौ
गहिरिएर हेर
जीत तिमी हौ !

Gardener by Pawel Kusczynski
१०.
पानीमा दाग
लागे तापनि तिम्रो
नलागोस् मनमा !११.
रोग होइनौ
म हुँ रोगी, बित्थामा
दोष तिम्लाई !१२.
विजयी हुन
हतियार चाहिन्न
मुस्कान भए !

Woodcutter by Pawel Kusczynski