प्रिय साथीहरू,
जो आफ्नो युवाकालमा हुनुहुन्छ र प्रेम गर्नुहुन्छ शब्दसँग, भाषा-साहित्यसँग; वहाँहरूका लागि ‘काव्यालय’ सहर्ष यो सूचना उद्घोष गर्दछ ।
आज सन् २०२१ को पहिलो दिन, जनवरी १ देखि एक महिना, ‘जनवरी ३०’ भित्र इच्छुक मित्रहरूले न्युनतम ३००० देखि औसत ५००० शब्दमा सिर्जनात्मक रूपमा ‘सुन्दर कथा’ लेखी काव्यालयको इमेल (projectkavyalaya@gmail.com)मा पठाउनु हुन हार्दिक अनुरोध छ । प्राप्त हुने समस्त कथाहरूमध्येबाट उत्कृष्ट १५ कथा सन् २०२१ भित्र संयुक्त कथासंग्रहका रूपमा प्रकाशनका लागि तयारी गरिनेछ । प्रकाशनका लागि काव्यालयको संयोजकत्वमा देशको प्रतिष्ठित एवं स्थापित प्रकाशन गृहसँग समन्वय हुनेछ । छनोटमा परेका १५ कथाका लागि कथाकारले प्रोत्साहन स्वरुप समयसापेक्ष र उचित पारिश्रमिक प्राप्त गर्नेछन् ।
ध्यान दिनुपर्ने कुराहरूः
१. कथाकारको उमेर हद १६ देखि ३५ वर्ष
२. कथाकारको नामबाट एकल कृति प्रकाशित नभएको हुनुपर्ने
३. कथा कुनैपनि माध्यमबाट कतैपनि प्रकाशित नभएको हुनुपर्ने
४. कथा न्युनतम ३००० देखि औसत ५००० शब्दसम्मको हुनुपर्ने
५. कथा नेपाली भाषामा लेखिएको हुनुपर्ने
६. कथा आउँदो माघ १७ गतेसम्म पठाइसक्नुपर्ने