पुरानो सडक र म
सिङ्गो बस्तीहरू
रङ्गीन छ आधुनिकताले
फाराकफुरुक छन्
मानिसहरू
रात र दिनमा
फरक छैन कृत्रिमताले
तर उस्तै उस्तै
पुरानो सडक र म
छाला उप्किएको झैं खाल्टाखुल्टी
साँघुरो घरहरुको गन्जागोल
असन्तुलित मोटरहरूको कर्कश ध्वनी
शान्त पार्ने
बेतोडको कुदाइ
पुरानो सडक
पुरानो दमको रोगीझैं
झोक्राएर
आँखा यताउता डुलाइरहन्छ
अवाक ऊ तातो दिन र चिसो साँझ
खाएर उघ्राउनु पर्ने
म जस्तै
पुरानो सडक
औंलाले गन्दा
बितिसकेछ बाह्र वर्ष
यो जरिकोट
चरिकोटमा सिलाएको बाबाले
फेर्छु भन्दाभन्दै फेर्न नसकेको
विचार गर्दागर्दै विचार फेरिएझैं
भागिरहेको जिन्दगी
समाउन नसकेर लप्पसार
म जस्तै
पुरानो सडक
निकै तन्त्रहरुको
मौसम आयो
फेरबदल भयो
म बेवारिसे
दिन कुर्दाकुर्दै
दिन आएन
धेरै थोक माथि देखिए
म तलतल भासिएँ
चिन्नेहरु
देख्नेहरु
उही पुरानो पाखे स्वरुप देखेर
छि: छि: दुरदुर गर्दै
छड्के लागे
ऊ अमेरिका
म नेपाल
उस्तै उस्तै;
पुरानो सडक र म !

by Carol Schiff