भृकुटीमण्डपमा बृहत् पुस्तक मेला शुरु: ४०% सम्मको भारी छुट

काठमाण्डौँ – आज माघ २५ देखि भृकुटीमण्डपमा ‘बृहत् पुस्तक मेला’ शुरु भएको छ । कोभिड-१९ ले गर्दा पुस्तक बिक्रीमा निकाै ह्रास आएको समयमा पुस्तक प्रवर्द्धन र पठन संस्कृतिको विकास गर्ने उद्देश्यले पुस्तक मेला आयोजना गरिएको मेला आयोजक कमिटीले जानकारी दिएका छन् ।

५० बढी प्रकाशन संस्थाको पुस्तक प्रदर्शनीमा रहेने मेलामा विशेष छुटमा उपलब्ध हुने र मेला अवधिमा बिभिन्न नयाँ पुस्तक पनि विमोचन गरिनुका साथै लेखकसँग साक्षात्कार कार्यक्रमहरु पनि राखिने आयोजकले जानकारी गराएका छन् ।

आधुनिक युगमा नेपालमा पठन संस्कृति हराउँदै गएकोमा यस मेलामा तीन सय प्रकारका पुस्तकलाई समेटिएको आयोजकले दाबी गरे । मेलामा बालसाहित्यलाई प्राथमिकतामा राखिएको छ, भन्ने कुरा पनि उल्लेख गरेका छन् ।

फागुन १० सम्म चल्ने मेलामा सबै प्रकाशन संस्थाको किताब उपलब्ध हुनेछ र १५ प्रतिशत देखि ४० प्रतिशतसम्म छुटमा किताबहरु बिक्री गरिने समेत जानकारी गराइएको छ ।

कोरोना कहर पछिको विषम परिस्थितिमा प्रकाशन संस्थाहरु समस्याबाट गुज्रिरहेको अवस्थामा पुस्तक मेलाले उत्साह थप्ने विश्वास आयोजकले लिएका छन् ।

Facebook Comments

You may also like

error: Content is protected !!