बेला/कुबेला ?

प्रतिबिम्ब

हर बिहान,
आमा चिया दिँदै सोध्छिन्-
“कोसँग बोल्छस् हौ रातरातभर ?”

म चुपचाप आफ्नो कोठामा जान्छु
ऐना हेर्छु
म मुस्कुराउँछु
ऊ मुस्कुराउँछ ।

Man in front of wall of water from BBCI

Image Source: Man in front of wall of water from BBCI

***

गल्ती

म अक्सर
हाम्रो प्रेमलाई चरा बनाउन चाहन्थेँ
उडाउन चाहन्थेँ खुल्ला आकाशमा –
स्वतन्त्र !

तर प्रेम, प्रेम भन्दाभन्दै
मैले यो भुलेछु
यो त ढुङ्गाहरू पनि बस्ने शहर हो !

LoveWings from Etsy

Image Source: LoveWings from Etsy

***

गुनासो

कृपया,
तिमी उसको अंगालोमा हुँदा
मलाई नसम्झिदिनु

पराइ-बाडुल्कीहरूले
मलाई रोगी बनाउँछ ।

A Love Triangle Painting by Saatchi

Image Source: A Love Triangle Painting by Saatchi

***

न (प्रेम) !

दिनमा तिमी भेटिन्छौ
कचकच गर्छौ !

रातमा तिम्रा याद आउँछन्
चकचक गर्छन् !

मलाई तिमीभन्दा तिम्रो याद प्यारो छ ।

के समय हाम्रो वियोग खोजिरहेछ?

Broken Love Painting from Amazon

Image Source: Broken Love Painting from Amazon

***

ऊ..बेला/कुबेला ?

ऊ फर्केर आइछे
र मेरो घरको ढोका ढक्कढकाइछे

म त्यतिबेलै
मृत्युसँग सम्भोग गर्दै थिएँ

त्यसपछि हाम्रो भेट कहिल्यै भएन !

Emotional by Delawer Omar

Image Source: Emotional by Delawer Omar

Facebook Comments

You may also like

error: Content is protected !!