‘ब्रिज’को पाँचौ कार्यक्रम सम्पन्न

मेडिकल विद्यार्थीहरूका साहित्यिक लगाव र उत्साहलाई निरन्तरता दिने उद्देश्यका साथ यस महिना पनि “ब्रिज साहित्यिक परिवार” ले ‘अब म बोल्छु !’ को पाँचौ शृंखला पुस ११ गते सम्पन्न गर्यो । नेपाली साहित्यका छन्द कवि दीपिन सिजापतिलाई अतिथिका रूपमा निमन्त्रणा गरिएको उक्त कार्यक्रममा नेपाल,भारत र चीनका सत्र मेडिकल विद्यार्थीहरूले नेपाली, अङ्ग्रेजी र हिन्दी भाषामा आफ्ना सिर्जनाहरू प्रस्तुत गरेका थिए ।

कार्यक्रमको आकर्षण “अतिथिसङ्गको भलाकुसारी” मा कवि दीपिन सिजापतिसँग उहाँको प्रेरणादायी विचार र साहित्यिक जीवनका भोगाइहरूका साथै केही रचनाहरू सुन्ने अवसर मिलेको थियो । ‘जूम मिट’बाट गरिएको सो ‘अनलाइन’ कार्यक्रममा करिब ४० जनाले दर्शकका रूपमा साथ दिए । “ब्रिज साहित्य परिवार”ले आगामी दिनहरुमा पनि मेडिकल क्षेत्रका साहित्यिक प्रतिभाहरूलाई उजागर गर्ने लक्ष्य राखेको छ ।

Facebook Comments

You may also like

error: Content is protected !!