विकल्प

लासहरुको पहाड हेर्दै गर्दा
आँसुहरुको खडेरी भइदिन्छन्
यी स्वतन्त्र आँखामा
जो २०७२ सालमा पनि यस्तै केही भएको थियो।

लाग्छ,
दुनियाँ स्वतन्त्र छ
खुला आकाशमा उडिरहेको पंक्षीजस्तै
स्वार्थी छन् सबै
मतलब छैन कसैको
तर आज,
सबैले सबैको मतलब गर्ने दिन आएको छ
संसार सिध्याउन महामारी जो आएको छ।

म सम्झन्छु,
ती सिनेमा घरका मुरली मकैका फुल
संखमुलको बाग्मती क्याफेका धुवाँका सर्काहरु
अनि ती न्युरोडका व्यस्त गल्लीहरुबीच
उनको कोमल हातको स्पर्श
आज सबै सपना भएका छन्
कारण,
जो बयान गर्न सक्दिनँ
मुखै फोरेर भन्न सक्दिनँ
अनि अक्षरमा उत्रिन पनि मान्दैनन्

बाधक बनिदिएको छ महामारी
गुफाबास छन् मनुष्य जाती
सबै सामु फैलिएको छ त्यो डर
आखिर आत्मरक्षाको अर्को विकल्प के त???

Epidemic by Alfred Kubin

Epidemic by Alfred Kubin

सपना

अन्धकार बतास
अनि आँखै अगाडिको परिदृश्य
जहाँ सुस्ताइरहेछन
धमिला हावाहरु
अनि
चम्किला सपनाहरु…

सँगै बगिरहेको
बेसुरा छालहरु
अनि सुरिला तरंगहरु
जो आँखैले खिचिरहेछन्
परेलीले पहिल्याईरहेछन्…

बगिदिन्छु मपनि सँगसँगै
छल्किदिन्छु मपनि सँगसँगै
अनि एक्कासि
मोडिदिन्छु पाइलाहरु
चटक्कै माया मारेर…

ती छाल
ती तरंग
खुब रिसाउँछन मसँग
रोक्न खोज्छन् मलाई
निठूर तर म
लागिदिन्छु त्यही बाटो
जुन आएको थिएँ…

कोर्न थाल्छु यादका स्मृतिहरू
मसिले पोतिन मान्दैन
समाउन सक्दैन हातले कलम
अनि आँखाले देखिरहन्छ
तिनै बगर
तिनै छाल
तरंग तिनै…

गुम्सिएका रहरहरु बाहिर निस्कन्छन्
पछ्याउँदै अतालिएका सुस्केराहरु
एक गिलास पानीले आँत त भिज्छ
तर रहिरहन्छ आँखामा अतृप्त
एउटा अनौठो सपना !

Eyes of Dream (Fine Art America)

Eyes of Dream (Fine Art America)

पर्चा

न पानी पर्दा छेकिने
न त हावाहुरीले उडाएरै लैजाने
न त बाढीले बगाएर लैजान सक्ने
न त भूकम्पमा तहसनहस नै हुने
आखिर कस्तो चिज हो यो तिम्रो याद।

जब आरामको बीउ छर्दै
मीठो निन्द्राको कल्पना गर्दै
सिरानीमा टाउको अड्याउँछु
अनायासै आइदिन्छन तिम्रा यादहरु,
जसरी खोरबाट बहिर निस्किन्छ भेडाको बथान

न यताउता छाम्दा नै भेट्छु
न त १०० वाटको उज्यालो चिम बाल्दा नै देख्छु
अदृश्य छ थाहा छ
तर पनि खोज्न मन लाग्छ
खोजिरहन्छु, खोजिरहन्छु
पागलजसरी

जब निदले आँखा झपक्कै बनाउँछ
यस्सो पल्टन खोज्छु
फेरि,
न त निदाउन नै सक्छु न त ब्यूँझन नै
साँच्चै स्वास्थ्यलाई हानिकारक नै रै’छन यी यादहरु
धुम्रपानको जस्तै पर्चा बनाएर दिलमै टासुँझैं लाग्ने !

Insomniac (Reddit)

Insomniac (Reddit)

Facebook Comments

You may also like

error: Content is protected !!