आभा काव्य लहरकाे सातौँ श्रृंखला सम्पन्न

आभा काव्य लहरकाे सातौँ श्रृंखला सम्पन्न

काठमाडौंआभा For Creativity को त्रैमासिक कार्यक्रम ‘आभा काव्य लहर’को सातौँ श्रृंखला काठमाण्डौँ कालिकास्थानस्थित सर्वनाम थिएटरमा सम्पन्न भएको छ ।

कविता विशेष उक्त कार्यक्रममा चार कविहरूका २० कविता सुनिएको थियो । कार्यक्रममा भोजपुरका कविहरू ‘शैलेन्द्र साकार’, ‘श्रवण मुकारुङ‘, ‘विप्लव ढकाल‘ तथा खोटाङका कवि ‘नवीन प्यासी‘ले आफ्ना ५/५ वटा कविता वाचन गरेका थिए ।

रोम एकदिनमा बनेको होइन भने झैँ, नियमित रचना वाचनको ३० औं श्रृंखला सफलतासाथ सु-सम्पन्न गरिसकेपश्चात विशेष श्रृंखला सञ्चालन गर्ने उद्देश्यले ‘आभा काव्य लहर’ नामक काव्य अङ्कको शुरूवात गरिएको हो । आभाले प्रस्तुत गर्दै आएको यस विशेष श्रृंखलामा सुरुवाती अङ्कपनि कविता विशेष नै राखेको थियो । त्यसपश्चातका अङ्कहरुमा सिर्जनात्मक काव्य विधा अन्तर्गत नै पर्ने गजलको विधालाई पनि आभाले समेटेर अघि बढिरहेको छ ।

कविता र गजलका कार्यक्रम एकपछि अर्को गर्दै तीन-तीन महिनाको अन्तरालमा संचालन गर्दै आएको आभाले ‘आभा काव्य लहर’ शीर्षकको काव्य श्रृंखला २०७५ – असार देखि शुरु गरेको हो । यस विशेष श्रृंखला सुरु गरेको दुई वर्ष पुग्दा नपुग्दै आभाले एकै मञ्चमा दुई पुस्ताका कवि एवं गजलकारहरुलाई एकैसाथ उभ्याउन सफल भएको छ ।

‘पठन संस्कृतिको विकास, सिर्जनशीलताको अभ्यास’ भन्ने उद्देश्यका साथ स्थापना भएको आभाले साहित्यका अलावा चित्रकला, पफमेन्स आर्ट, संगीत लगायत जनचेतनासमाजसेवामा समेत अनवरत रुपमा कदम चालिरहेको संस्थाका सचिव राजु झल्लु प्रसादले बताए । उनका अनुसार यसपटक कविता विशेष रहको आभाको काव्य श्रृंखला अर्कोपटक गजल विशेष रहनेछ ।

Facebook Comments

You may also like

error: Content is protected !!