फागुनमा हुने भनिएको निफको चौथो संस्करण कोरोनाको कारण वैशाखमा सर्यो

काठमाण्डौँ – नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले बर्सेनि आयोजना गर्दै आइरहेको नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ) निर्धारित मितिमा नहुने भएको छ । निफको चौथो संस्करण २०२१ फेब्रुअरी २४ देखी २८ (फागुन १२ देखी १५ ) सम्म काठमाण्डौँमा गर्ने तयारीकासाथ विश्वभरका फिल्मकर्मीलाई सहभागिताका लागी आवहान गरिएको थियो । सो अनुसार ५२ देशका ४०० चलचित्रहरू प्राप्त समेत भइसकेका छन ।

तर कोभिड-१९ पछि फैलिएको महामरीका कारण विश्वभेका फिल्मकर्मीलाई एकजुट बनाइ हलमै फेस्टिभल गर्न हालका लागि असम्भव देखिएकाले नयाँ मिति तोक्नुपरेको नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले जनाएको छ । नयाँ मितिका अनुसार अब निफको चौथो संस्करण आगामी २०७८ वैशाख २३ देखि २७ (२०२१ मे ६ देखि १०) सम्म हुनेभएको छ । विश्वमा कोरोनाको खोप लगाउने लहर सुरु भएकाले नयाँ मिति सम्म अवस्था सामान्य भइसक्ने अनुमान गरेर यो निर्णय गरिएको हो ।

निफका चौथो संस्करणका लागि छनौट भएको फिल्मको सूची फागुन ८ प्रकाशित हुनेछ ।

“विश्वका कथाहरुको कथ्य उत्सव” भन्ने नाराका साथ “फिल्म संस्कृति” को विकास गर्ने उद्देश्यसहित सुरु भएको फेस्टिभलमा यो वर्ष महामारीको विषयमा बनेका फिल्मलाई समावेश गरिर्न निर्णय गरिएको छ ।

कोभिड १९ले पारेको प्रभावमा बनेका यस्ता फिल्मले ५०० अमेरिकी डलर तथा ट्रफी प्राप्त गर्नेछन् । अन्तराष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५०० अमेरिकी डलर राशिसहित गौतमबुद्ध अवार्ड प्रदान गरिनेछ भने इन्टरनेशनल फिडेरेसन अफ उिल्म सोसाइटिजका जुरी तर्फबाट IFFS Don Quijote Award पनि प्रदान गरिने छ । यसैगरी, सर्वोत्कृष्ट वृत्तचित्रलाई १००० डलर राशिको माउन्ट एभरेष्ट अवार्ड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ५०० डलरको मञ्जुश्री अवार्ड प्रदान गरिनेछ भने सर्वोत्कृष्ट लघु चलचित्रलाई ५०० डलर राशिको बाग्मती अवार्ड प्रदान यथावत रुपमा गरिनेछ ।

त्यसैगरी नेपाली प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई रू. १ लाख, उत्कृष्ट सर्ट फिल्मलाई नगद रू. ५० हजार र सर्ट मध्यबाट उत्कृष्ट फिल्म निर्देशकलाई ट्रफी प्रदान गरिने छ भने फिचर फिल्म तर्फका उत्कृष्ट निर्देशक, लेखक, छायांकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफी प्रदान गरिनेछ ।

Facebook Comments

You may also like

error: Content is protected !!