असौहार्द आत्मरति

अ….आ र आँ

अ…… आ र आँ को
तादत्मियता
बेहद रोचक छ
बिना ‘अ’ न्यायले
अन्याय गर्दैन


न्यायविहीन समाज
आहा होईन आ.. गर्न विवश हुन्छ
प्रकारान्तरले
आ… ले ओठ आँ गर्छ
ओठ आँ गरिनु
अन्यायको विरूद्ध
अभेद्य अवधारणा सतहमा
अवतरण गरिनु हो

त्यसैले,
अ….आ र आँ को
तादत्मियता
बेहद रोचक छ !

Apple Orchard by Arshile Gorky

Apple Orchard by Arshile Gorky

असौहार्द आत्मरति

रातभरि
कुमारी मैदानसँग सुतेर
गएको छ एउटा
निलो अन्धकार
सेतो सूर्यको आगमनसँगै

जब घामले अन्धकार निशिको पर्दा उघार्छ
टाउको चिलाउँछ
छाला सगमगाउँछ

विशेषताहिन, महत्वहिन

यहाँ घाम उधारो सुत्छ

उधारो उठ्छ
….. र बेस्कन डकार्दै ओरालो झर्छ
मैदानसँगको रतिराग
प्यारो जो छ…..

भद्दा अन्धकार
नतमस्तक छ
बिभत्स सुरूवात
चलायमान, गतिशील

यहाँ मान्छे कहाँ बाँचिरहेको छ र?

Digital Wallpaper by Sephiroth Art

Digital Wallpaper by Sephiroth Art

ओ मुर्दा !

एकाध ओठहरूमा मधुर मुस्कान फुल्दैमा
केही थान अक्षरहरू लेखिँदैमा

केही थान विचारहरू बोलिँदैमा
त्यसलाई शान्ति भनिँदैन महोदय

चकोर झैँ लठ्ठ परेका
ए, नबोल्ने चिहानहरू  हो
अब त ब्यूँझ
अनि बुझ्ने छौ
शान्ति/अशान्ति/मुर्दाशान्ति -को
असली परिभाषा

ओ मुर्दा !
विशेषताहिन ”शान्ति”

महत्वहिन ”मुर्दाशान्ति” भन्दा
गतिशील/चलायामान
“अशान्ति” नै
प्रिय हुन्छ

यत्ति बुझ
बगैँचाको एकाध फूल फुल्नु मात्र
फुल्नु होइन
सम्पूर्ण बगैँचाको फूल फुल्नु चैँ फुल्नु हो

ओ मुर्दा !
“व्यष्टि” भन्दा “समष्टि “ सदैव उत्तम हुन्छ

……. तर चिहान बोल्दैनन्

Wake Up Call by Saatchi

Wake Up Call by Saatchi

Facebook Comments

You may also like

error: Content is protected !!