पहाडी नं २९

मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति एवं साहित्यकार कृष्ण पहाडीको पूस्तक “जिजीविषा” हालै प्रकाशित भएको छ । यसभन्दा अघि उनको २८ पूस्तक प्रकाशित भइसकेका छन् ।

यसपटक उनले २०७६ सालभरि विभिन्न राष्ट्रिय दैनिकतिर छरिएर रहेका आफ्ना जीवन, जगत सम्बन्धि आलेखहरुलाई एकै ठाउँमा समेटेर सङ्ग्रहको रुप दिएका हुन् । पहाडीका २५ वटा आलेख संग्रहित यो पुस्तक मानव अधिकार तथा शान्ति समाजले प्रकाशन गरेको हो ।

१ सय २२ पृष्ठको यो पुस्तकको मूल्य ३ सय तोकिएको र बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम मानव अधिकार तथा शान्ति समाजको अभियान तथा कार्यक्रममा खर्च गरिने घोषणा भएको छ ।

यसअघि, साहित्यसर्जक पहाडीका उपन्यास, जेल जर्नल, हिन्दी कवितासङ्ग्रह, अङ्ग्रेजी कवितासङ्ग्रह, कथासङ्ग्रह, गीतसङ्ग्रह, नियात्रा, नाटकसङ्ग्रह, मुक्तकसङ्ग्रह, प्रबन्धसङ्ग्रह, निबन्धसङ्ग्रह, कवितासङ्ग्रह आलेखसङ्ग्रह प्रकाशित भइसकेका छन् । यसपटकको उनको ७औं आलेखसङ्ग्रह “जिजीविषा” २९औं कृति हो ।

Facebook Comments

You may also like

error: Content is protected !!