‘एघारौं राष्ट्रिय बाल रङमञ्च महोत्सव २०२०को तयारी सम्पन्न

‘एघारौं राष्ट्रिय बाल रङमञ्च महोत्सव २०२०’, फेब्रुअरी ५ देखि सुरु हुने भएको छ । महोत्सव ‘शैली थिएटर’‘रसियन सेन्टर अफ साइन्स एन्ड कल्चर’ले संयुक्त रूपमा आयोजना गर्ने भएको हो । शैली थिएटरले जारी गरेको प्रेस विज्ञप्ती अनुसार, यस उत्सव ८ दिनसम्म चल्ने छ ।

महोत्सवमामा, बाल मनोविज्ञान चित्रण गर्ने जम्मा १६ स्क्रिप्टहरू प्रतिस्पर्धा गरिरहेका छन् । पहिलो दिन शैली थिएटरले ‘सुनौलो माछा’ नामक गैर-प्रतिस्पर्धी नाटक समेत मञ्चन गर्नेछ । दोस्रो दिन, ‘राराहिल मेमोरियल स्कूल’ को “करेसा कन्सर्ट”, ‘जेन्युन स्कूल’ को “निस्कासन”‘रिम्स’ को “झगडा” नामक नाटकहरू प्रदर्शन गरिने छ।

आयोजकका अनुसार महोत्सवको तेश्रो दिन, रातोपुलस्थित शैली थिएटरको परिसरमा खुला प्रदर्शनी तथा अन्तक्रिया कार्यक्रम राखिने छ । चौँथो दिनमा क्रिएटिभ एकेडेमी को ‘आनमायन’, प्रज्ञा सदन स्कूल को ‘डर’विनायक स्कूल को ‘काँडा की फूल’ गरी तीन नाटकहरू मञ्चन हुनेछन् । यसै प्रकार, अर्को दिन दीपज्योति बोर्डिङ स्कूल को ‘बिग्रिएको बिर्खे’, रिलायन्स स्कूल को ‘ड्रग एब्युज’साम्तेन मेमोरियल स्कूल को ‘गरिबको मृगातृष्णा’ नामक नाटकहरू मञ्चन हुनेछन् ।

फेब्रुअरी १० मा चार नाटक मञ्चन हुनेछन्, जस अन्तर्गत वर्ल्ड स्कुल को ‘कति पढिस् ?’, बृहस्पति विद्या सदन को ‘A क 1’, लिभरपूल स्कूल को ‘टीका’तारा सदन अंग्रेजी स्कूल को ‘वृन्दा’ रहेका छन् । यसै गरी, अर्को दिन गोल्डेन सुनगाभा स्कूल, ब्राइट जोन इन्टरनेसनल स्कूलएम्बेसेडर एकेडेमी ले क्रमशः ‘ड्याडी वर्सेस मम’, ‘बहुला काजीको सपना’‘साचो बोल्नु पर्छ’ मञ्चन गर्नेछन् ।

महोत्सव फेब्रुअरी १२ मा समापन हुनेछ । साथै, समापन समारोहमा विजेताहरूको घोषणा र पुरस्कार वितरण कार्यक्रम पनि गरिनेछ । खेलकुद, कथा-कथन, सेलिब्रिटी प्रश्नोत्तर, जादू प्रदर्शनीजस्ता कार्यक्रमले यस वर्षको उत्सव अझ धेरै रमाइलो र बालमैत्री हुने, महोत्सवका प्रबन्धक सुभाष सुवेदीले बताएका छन् । “यो उत्सवले बच्चाहरूलाई विभिन्न नाटकहरूमा, आफ्नो अभिनय कौशल देखाउन मञ्च प्रदान गर्छ, साथै यस्ता कार्यक्रमहरूले नानीहरूलाई धेरै मान्छेहरूका अगाडि आफ्नो अभिनय प्रदर्शन गर्ने हौसला पनि दिन्छ ।” उनको भनाई छ ।

उत्कृष्ट बाल अभिनेता/अभिनेत्री लाई जनही रु.७,००० साथै उत्कृष्ट निर्देशनउत्कृष्ट नाटक ले ५०००/५००० रुपैयाँ पाउने छन् । यसैगरी, शैली पब्लिक च्वाइस अवार्डउदाउँदो बाल कलाकार मध्यका सर्वश्रेष्ठलाई जनही ३००० रुपैयाँ पुरस्कारको स्वरूप प्रदान गरिनेछ । ८ दिने लामो महोत्सवमा करिब ३५० विद्यार्थीहरूले स्टेजमा प्रदर्शन गर्दैछन् भने अन्य ५०० विद्यार्थीहरूले विभिन्न कार्यक्रमहरूमा आफ्नो प्रतिभा देखाउँदैछन् । विभिन्न स्कूल, संगठन, अभिभावक साथै थिएटर प्रेमीहरू गरी करिब ६००० आगन्तुकहरुको कार्यक्रममा उपस्थिती रहने अनुमान आयोजकले गरेको छ ।

स्रोतः माय रिपब्लिका
अनुवादः प्रवीण

Facebook Comments

You may also like

error: Content is protected !!